dharmakarma

पुस्तकहरू

खोज

हाम्रो बारेमा

हाम्रो बारेमा

हाम्रो बारेमा

वैदिक सनातन धर्म र संस्कृत शिक्षाको अध्ययन, अनुसन्धान, संरक्षण, प्रवर्धन र प्रचारप्रसार गरी वैदिक वाङ्मय एवं संस्कृतभित्र निहित ज्ञानविज्ञानको महत्त्व दर्शाउनु वाञ्छनीय छ । नेपालभित्र मात्र नभई सम्पूर्ण विश्वमा संस्कृतको महत्त्व बढिरहेको छ । यसका लागि आवश्यक अध्ययन-अनुसन्धान गर्दै वर्तमान र भावी पुस्ताका नेपाली एवं विश्वसमुदायलाई समेत गुठीको उद्देश्य पूर्तिका लागि प्रोत्साहित र  अभिप्रेरित  गर्न “वैदिक अनुसन्धान गुठी” नामक गुठी स्थापना गरिएको हो । यस गुठीले अध्ययन, अनुसन्धान एवं प्रचारप्रसारको माध्यमले सामाजिक, धार्मिक एवं आध्यात्मिक जागरण गरिरहेको छ । 

उद्देश्य : गुठीका मूल उद्देश्यहरू निम्नानुसार रहेका छन् : 

(१) वैदिक सनातन धर्म, दर्शन, संस्कार, संस्कृति, संस्कृतसंबद्ध ग्रन्थहरूको संरक्षण तथा प्रवर्धन गर्नु 

(२)  प्राचीन तथा अर्वाचीन ग्रन्थहरूको अध्ययन, अनुसन्धान, सम्पादन, व्याख्या, विश्लेषण, अनुवाद तथा प्रकाशन गर्नु  

(३) वैदिक वाङ्मयको प्रविधिमैत्री पाठ्यक्रम, पाठ्यपुस्तक र श्रव्यदृश्य पाठ्यसामग्री निर्माण गर्नु 

(४) गुरुकुल एवं आश्रम सञ्चालन गरी संस्कृत, संस्कार र संस्कृतिको अध्ययन, अध्यापन र प्रचार-प्रसार गर्नु 

(५) वैदिक वाङ्मयप्रति आस्थावान् व्यक्तिहरूलाई जागरुक बनाई विशेषज्ञ उत्पादनको एकाइ निर्माण गर्नु 

(६) स्वाध्याय, प्रवचन, सत्सङ्ग, उद्बोधन, यज्ञ, अनुष्ठान आदि कार्यद्वारा स्वधर्मसंस्कृतिप्रति जनचेतना जगाउदै वैदिक दर्शन, संस्कृति र संस्कारका विषयमा सर्वसाधारण जनतालाई प्रशिक्षित गर्नु 

(७) सन्त महात्मा, तपस्वी साधकहरूको साधनामा सहयोगका साथै वैदिक वाङ्मयको अध्ययन अनुसन्धानमा लागेका अध्येताको अनुसन्धान कार्यमा सहयोग गर्नु 

(८) पाशुपत दर्शन, पशुपति, नेपालका मठमन्दिर, तीर्थ, सभ्यता, संस्कृति, अभिलेख, शिलालेख, पाण्डुलिपिको अध्ययन तथा अनुसन्धान गर्नु 

(९) आधुनिक प्रविधिको सदुपयोग गर्दै वैदिक वाङ्मयसम्बद्ध खगोल, भूगोल, आयुर्विज्ञान, वास्तु एवं विविध कलाको अध्ययन, अवलोकन तथा अनुसन्धान गर्नु 

(१०) वैदिक वाङ्मयको बृहत्तर ई-पुस्तकालयको स्थापना एवं  कृत्रिम बौद्धिकता (AI- Artificial Intelligence) प्रविधिको विकासका लागि अध्ययन, अनुसन्धान गरी प्रचारप्रसार गर्नु 

(११) समान उद्देश्यपूर्तिका लागि देश र विदेशका संस्था, प्रतिष्ठान, आयोग वा एकाइसँग सहकार्य एवं साझेदारी गर्नु 

माथिका उद्देश्य परिपूर्तिका लागि यो “धर्मकर्म”नामक वैदिक कर्मकाण्ड विधि एवं धर्मशास्त्रको विषयमा तयार पारिएको आधिकारिक विद्युतीय प्रणाली हो । यो प्रणालीले विशेष गरी नेपाली हिमवत्खण्डवासी सनातनीहरूको संस्कार एवं आचार पद्धतिको प्रामाणिक विधि र प्रक्रियालाई समावेश गर्ने प्रयास गरेको छ । यो पूर्ण र अन्तिम कार्य होइन । यसमा देखिएका त्रुटीहरूको सुधार तथा थप गर्नुपर्ने विषयहरूलाई निरन्तरता दिँदै जानेछौँ ।  सकारात्मक परिवर्तनका लागि हामी सधैँ तयार छौँ । त्यसैले यहाँहरूले यसमा आफ्नो अमूल्य सुझावहरू दिन सक्नुहुनेछ ।    


-डा.स्वामी केशवानन्द 

पशुपति, काठमाडौँ, नेपाल

सम्पुर्ण ग्रन्थहरु

एप डाउनलोड गर्न स्क्यान गर्नुहोस्

© Copyright | VAG | All Rights Reserved 2024

Developed with | by  SoftUp