गाईको दूध- १४ भाग, दही- ४ भाग, घिउ- २ भाग, गहुँत- १ भाग, गोबर- १ चुट्की सबै मिश्रित ।
गाईको गहुँत, गोबर, दूध, दही र घिउ यी पाँच थरी रसहरू मिलाएर बनाइने वस्तु । काली गाईको गहुँत, सेती गाईको गोबर, ताँबोको रंग हुने गाईको दही, राती गाईको दूध र कपिला अर्थात् कैली गाईको घिउद्वारा तयार गरिएको गव्यसमूह । यसमा सबै रंगका गाई नपाइएमा सबै कुरा कालीगाईकै प्रयोग गर्न शास्त्रले आज्ञा दिएको छ । यसरी पञ्चगव्य तयार गर्दा गहुँत एक तोला, गोबर बूढी औंलाको आधाजति मात्रामा, सात तोला दूध, तीन तोला दही, एक तोला घिउ, एक तोला कुशोदक मिलाउनुपर्दछ । यी तत्त्व मिलाएपछि गायत्रीद्वारा अभिमन्त्रित गरी माटो, ताँबोको वा पलाशको पात्रमा राखेर खाने गर्नुपर्दछ । ‘हेमाद्रिअनुसार’ - दूधभन्दा दुई गुना कम गहुँत, आधाकम दही, दहीको आधा गोबर, गोबरको आधा घिउ मिलाइन्छ । ‘पुरश्चर्यार्णवअनुसार’- एक पल (दुई सिपी) दूध, गहुँत, घिउ, दुई तोला गोबर र एक पसर दही मिलाइन्छ, अथवा पाँचै थरी बराबर मिलाउँदा पनि पञ्चगव्य बन्दछ । सान्तपनकृच्छव्रतहरूमा बनाइने पञ्चगव्यको प्रकार- राती गाईको गहुँत, सेती गाईको गोबर, पहेंली गाईको दूध, नीली गाईको दही, काली गाईको घिउ, यी सबैलाई मिलाई बनेको पञ्चगव्य कपिलाको पञ्चगव्य जान्नु । यदि यिनीहरू नपाइएमा आठमासा गहुँत, सोह्रमासा गोबर, बाह्रमासा दूध, दशमासा दही, आठमासा घिउ र चारमासा कुशको पानी मिलाउँदा पञ्चगव्य हुन जान्छ ।
गोमूत्रं गोमयं क्षीरं दधि सर्पिः कुशोदकम् ॥
पञ्चगव्यमिति प्रोक्तं सर्वपातकनाशनम् ॥
गोमूत्रं द्विगुणं क्षीरात् क्षीरार्धं दधि कथ्यते ॥
तदर्धं गोमयं ज्ञेयं गोमयार्ध घृतं भवेत् ॥ (हेमाद्रि) ।
पलमात्रं दुग्धभागं गोमयं तावदिष्यते ॥
घृतं च पलमात्रं स्याद्गोमयं तोलकद्वयम् ॥
दधि प्रसृतिमात्रं स्यात्पञ्चगव्यमिदं स्मृतम् ॥
अथवा पञ्चगव्यानां समानो भाग इष्यते ॥ (पुरश्चर्यार्णव) ।
गोमूत्रं ताम्रवर्णायाः श्वेतायाश्चापि गोमयम् ॥
पयः काञ्चनवर्णाया नीलायाश्च तथा दधि ॥
घृतं च कृष्णवर्णायाः सर्वं कापिलमेव च ॥
अलाभे सर्ववर्णानां पञ्चगव्येष्वयं विधिः ॥
गोमूत्रं माषकास्त्वष्टौ गोमयस्य तु षोडश ॥
क्षीरस्य द्वादश प्रोक्ता दध्नस्तु दश कीर्तिताः ॥
गोमूत्रवद् घृतस्येष्टस्तदर्धन्तु कुशोदकम् ॥ (याज्ञवल्क्यस्मृति ३/३१४ मिताक्षराटीका) ।
पञ्चगव्यनिर्माणं प्राशनञ्च